मंगलबार, वैशाख ११, २०८१

उर्लाबारी हत्या प्रकरण : बाँस्तोला हत्याका आरोपी दर्जीलाई थुनामा राख्न आदेश

नेपालखोज २०७७ फागुन १३ गते १९:५५

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा प्रकाउ परेका दुईजना मध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ ।

बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्राउ गरेको थियो । गत पुस ४ मा साथीहरुसँग सुतेका प्रवीण बिहान मृत अवस्थामा भेटिएका थिए ।

मृतककी बहिनी सदिक्क्षा बाँस्तोलाले आफ्नो दाइको मृत्यु नभइ हत्या भएको भन्दै कडा रुपमा आवाज उठाउँदै आएकी थिइन् । उनको अत्मविश्वास र निडरतालाई देखेर स्वदेश तथा विदेशबाट नानगरिकले उनलाई साथ साथ दिएका थिए । उनले न्यायका लागि बोलेका शब्द शब्दहरु यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल नै भएका छन् ।

प्रतिक्रिया