आजको मौसमः मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालखोज २०७७ फागुन १४ गते ८:२०

काठमाडाैं । आज (शुक्रबार) पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

राति पनि प्रदेश नं १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया