कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

नेपालखोज २०७७ फागुन १४ गते १०:१५

काठमडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको छ । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि चिकित्सकले बताए ।

प्रतिक्रिया