बुधबार, वैशाख १२, २०८१

साताको सेयर बजार : उतारचढावका बीच ३८ अर्ब ६० करोडको कारोबार

नेपालखोज २०७७ फागुन १४ गते १२:५७

काठमाडौं । नेप्सेमा यो साता निकै नै उतारचढाव आएको छ । सोही कारण नेप्से सुचक तथा कारोवार रकम दुबै नै यो साता घटेका छन् । नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि पहिलो र चौथो दिन बढेको नेप्से बाँकी दिनहरुमा उच्च अंकले घट्दा यो साता नेप्से सुचक एवं कारोवार रकम दुबै नै गत साताको तुलनामा घटेका छन् ।

जसअनुसार यो साता नेप्से २५ सय ५४ दशमलव १३ अंकमा सिमित रहंदा सेन्सिटिभ इन्डेक्स चार सय ६१ दशमलव ८१ अंकमा सिमित रहेको छ । दुई सय सात वटा कम्पनीहरुको यो साता चार लाख १८ हजार छ सय ५५ पटकको कारोवारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुँदा कुल कारोवार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैयाँले कम हो ।

गत साता यस्तो कारोवार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ रहेको थियो । उक्त साता दुई सय आठ वटा कम्पनीहरुको तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोवारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता सुरुवाती दिन तीन दशमलव ६६ अंकले बढेर २६ सय ४० दशमलव ३४ अंकमा पुगेको नेप्से अन्तिम कारोेवार दिनमा ४४ दशमलव ९४ अंकले घटेर २५ सय ५४ दशमलव १३ अंकमा सिमित हुन पुुगेको छ । यसैगरी सुरुवाती कारोवार दिनमा दुई दशमलव दुई अंकले घटेर चार सय ७९ दशमलव ५८ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोवार दिनसम्म आईपुग्दा आठ दशमलव ५३ अंकले घटेर चार सय ५१ दशमलव ८१ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैक, नेपाल बैंक, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोवार भएको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक नेशनल हाईड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यो साता रिडी हाईड्रो पावर कम्पनी, अपी पावर कम्पनी, एभरेष्ट बैंक सहितका १५ वटा संस्थाहरुको बोनस तथा साधारण सेयरहरु सुचीकृत भएका छन् ।

प्रतिक्रिया