पृथ्वी राजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध
नेपालखोज
२०७९ असोज २१ गते ८:३२

तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान जिल्लाको म्याग्दे १ गुणादी र व्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २:४० मा र व्यास खण्डमा बिहान ६:३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
राजमार्ग अबरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ । -रासस
सम्बन्धित
प्रतिक्रिया