शुक्रबार, असार २०, २०८२

सरकारले गर्यो सीडीओसहित ५२ जनाको सरुवा (सूचीसहित)

नेपालखोज २०७७ फागुन १४ गते १६:४९

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनीहरुको सरुवा भएको हो ।

गृहले जारी गरेको सुचना अनुसार सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापना भएको हो । सुचनामा उल्लेख भए अनुसार ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेका हुन् ।

प्रतिक्रिया