शुक्रबार, वैशाख १४, २०८१

कस्ता रोगीहरुका लागि काँचो नरिवल गुणकारी ?

नेपालखोज २०७७ फागुन १५ गते ६:५४

१.नरिवलमा भिटामिन ‘ए’ कम भएपनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ।’
२. आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ। सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई मिनरल वाटर पनि भन्ने गरिन्छ।
३.थुप्रै गुणले सम्पन्न हुनुका साथै स्वास्थ्यबर्द्धक पनि भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले एक उत्तम भिटामिनको रूपमा स्वीकारेको हो।
४.बहुउपयोगीको रूपमा नरिवलको रूखलाई लिने गरिन्छ। रूखको काठले अनेकौँ घरेलु उपयोगी सामान बनाउने र इन्धनको रूपमा समेत प्रयोग गर्ने गरिन्छ। रूखका पातले पङ्खा, थैला र गुन्द्री बुन्ने गरिन्छ।
५. नरिवलको यसको रेसा अर्थात् जटाले कार्पेट, डोरी र ब्रस आदि बनाइन्छ। पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरूभन्दा केही उत्तम भएको दावी गरिन्छ।
६. वान्ता, पेटको अल्सर, ग्यास्ट्रिक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा दिइन्छ।
७.नरिवलको फूल मधुमेहका रोगीलाई लाभदायक हुन्छ भने वीर्यबर्द्धक एवं छालाका अनेक रोग हटाइदिनुका साथै सौन्दर्यवृद्धिमा समेत उत्तिकै उपयोगी मानिन्छ।
८. काँचो नरिवलको पानीले हरेक दिन अनुहारमा मालिस गर्नाले मुहारको फुस्रोपन हराउँदै जान्छ र अनुहार आकर्षक देखिन्छ।
९. नरिवलको तेल कपालमा सधैँ लगाएमा कपाल छिट्टै फुल्दैन। नरिवलको फल तथा तेलको सेवनबाट प्रशस्त पौष्टिक तत्वहरू सजिलै पाउन सक्तछन्। त्यसमा पनि पिसाबका रोगी तथा मुटुका रोगीहरूका लागि त यो ज्यादै गुणकारी सावित भएको छ। नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ ।
१०.नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ ।

प्रतिक्रिया