शुक्रबार, वैशाख १४, २०८१

काभ्रे कोरोना सङ्क्रमणमुक्त हुँदै

नेपालखोज २०७७ फागुन १५ गते १०:१०

काभ्रे । काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतामा झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीय तहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टले जानकारी दिएको छ ।

पोस्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा हिजो दुई सङ्क्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार तीन सय ५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए । काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोस्टले जनाएको छ । चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया