शुक्रबार, वैशाख ७, २०८१

आईपीओ हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक

नेपालखोज २०७७ फागुन १५ गते १०:५१

आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ ।

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँट (आईपीओ) को नतिजा हेर्न फरक फरक वेबसाइट चहार्नुपर्ने बाध्यताको अन्त्य गर्दै लगानीकर्ताको डेटा सुरक्षित राख्ने उद्देश्यका साथ यस्तो व्यवस्था गरेको हो ।

सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँटफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था यस अघिदेखि कार्यान्वयनमा छ ।

त्यसै अनुरुप महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँटको नतिजा उक्त कम्पनी तथा सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई बैंक लिमिटेडको वेबासाइटमा राखिएको थियो ।

तर लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न नसकेपछि सम्पूर्ण लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । जसका कारण मेरो शेयरमार्फत प्रदान गरिने अन्य सेवाहरु समेत प्रभावित हुन पुगेका छन् ।

यस किसिमको अवस्थाको अन्त्य गर्न सार्वजनिक धितोपत्र निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा हेर्ने सहजताका लागि छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइएको हो ।

आईपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर आफ्नो नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया