शुक्रबार, वैशाख ७, २०८१

ताम्राकार भोजपुरी फिल्ममा पनि

नेपालखोज २०७७ फागुन १५ गते ११:०३

काठमाडौँ । कलाकार प्रशान्त ताम्राकार भोजपुर फिल्ममा देखिने भएका छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘माही’मा उनी भिलेनको रूपमा देखिन लागेका हुन् । प्रशान्त ह्याण्डसम भिलेनको रूपमा परिचित छन् ।

पन्तले बलिउड, भोजपुरी र नेपाली कलाकार लिएर बनाउन लागेको चलचित्रको छायाङ्कन भइरहेको छ । भोजपुरी स्टार आनन्द ओझाको मुख्य भूमिका रहेको चलचित्रमा निता ढुङ्गाना समेत रूपमा रहेकी छन् । फिल्ममा बलिउड कलाकार प्रदीप रावत समेत छन् । फिल्ममा नेपाली कलाकार नरेन खड्काको समेत अभिनय रहनेछ ।

प्रतिक्रिया