बिहीबार, वैशाख १३, २०८१

साङलाको जुस पनि खाइन्छ तपाईंलाई थाहा छ ?

नेपालखोज २०७७ फागुन १५ गते ११:३३


एजेन्सी । साङ्लो एक घिनलाग्दो जीव हो भन्नेकुरा हामी सबै नेपालीलाई थाहा छ । साङ्लो देख्ने बित्तिकै घिन मान्नु हाम्रो स्वभाव नै हो । हामी घरमा साङ्ला देखियो भने त्यसलाई हटाउन विभिन्न तरिकाहरु अपनाउँछौं । तर तपाईंलाई एउटा कुरा थाहा छैन कि हाम्रो छिमेकी मुलुक चीनमा साङ्ला पालन नै गरी यसबाट ठूलो रकम आम्दानी गरिन्छ र यो जुसको रुपमा प्रयोग गरिन्छ । यो सुन्दा तपाईंलाई पक्कै अचम्म लागेको हुनुपर्छ तर यो सत्य हो ।

विभिन्न रोगका औषधिको रुपमा समेत चीनमा साङ्लाको प्रयोग भइरहेको छ । चीनमा घरमा प्राप्त हुने साङुला मात्र होइन यसलाई फर्म नै बनाएर पालिन्छ भन्ने कुरा थाहा पाउँदा तपाईं अचम्ममा पर्नु भएको होला तर यो सत्य नै हो । चीनमा औषधीय गुण बोकेको कारण साङ्लाको बजार निकै राम्रो छ । चीनका वैज्ञानिकहरुले साङलाको शरीरमा एक विशेष किसिमको औषधि हुने प्रमाणित गरेपछि यसको व्यावसायिक पालन हुँदै आएको छ । हरेक बर्ष शिचांग सहरमा रहेको एक औषधि कम्पनीले करिब ६ सय करोड साङ्ला उत्पादन गर्छ । साउथ चाइना मर्निङ पोस्टलाई पत्याउने हो भने दुई वटा रंगशाला बनाउन पुग्ने क्षेत्रफलको भूमिमा सो कम्पनीले भवन बनाएर व्यावसायिक साङ्ला पालन गरिरहेको छ । जसको लागि कम्पनीले करोडौं रकम खर्च गरिसकेको चाइना मर्निङ पोस्टमा खबर पनि छापिएको थियो । छैन त मजेदार ?

सो भवनभित्र साङ्लालाई बस्न सजिलो होस् भनेर दराजहरु राखिएका छन् जसमा खाना र पानी लगेर राखिन्छ । यसरी पालन गर्दा तिनीहरु छिटो वयस्क हुने कम्पनीको मान्यता छ । ती बढेर वयस्क हुँदै गएपछि प्रयोगको लागि योग्य हुन्छन् । जसलाई पिसिन्छ र एकप्रकारको लेदो बनाई जुसको रुपमा खाइन्छ, जो परम्परागत औषधि हो । कम्पनीले धेरै समय अघिदेखि यसरी साङ्लालाई औैषधिको रुपमा प्रयोग गर्दै आएको चाइना मर्निङ पोस्टले जानकारी दिएको छ ।

प्रतिक्रिया