शुक्रबार, चैत १६, २०८०

५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

नेपालखोज २०७७ फागुन १५ गते १२:१६

कपिलवस्तु । कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया