बिहीबार, चैत १५, २०८०

पार्टीभित्र विवाद हुनु सामान्य हो, राष्ट्रिय सभामा बामदेवलाई नै पठाइने : प्रचण्ड

नेपालखोज २०७६ फागुन १६ गते १२:१६

काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको बताएका छन् । भरतपुरमा आजबाट सुरु हुन लागेको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले पार्टीभित्र हुने यस्ता गतिविधिलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयको निर्णय विपरीत प्रधानमन्त्री रहेको भन्ने कुरा गलत भन्दै उनले पार्टी निर्णय कुनैपनि हालतमा कार्यान्वयन हुने बताए । उनले भने ‘यस विषयलाई लिएर टिकाटिपणी आवश्यक छैन । पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्ने भन्ने कुरा म कल्पना पनि गर्न सक्दिन । २१ गते सम्ममा उहाँले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारीस गनुहुन्छ किनभने यो सर्वसम्मत निर्णय भएको कुरा हो ।’

यसैबीच विहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले २१ गते आफूले सपथ खाने बताएसँगै यो यो बिषयमा विभिन्न अड्कलवाजी सुरु भएको थियो ।

प्रतिक्रिया