शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओली आज झापा जाँदै

नेपालखोज २०७७ फागुन १६ गते ८:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री झापा पुगेर दिनभर जिल्लाका विभिन्न विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ । उनले कमल गाउँपालिका र गौरादह नगरपालिकामा चीनको सहयोगमा बन्न लागेको ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को शिलान्यास गर्ने छन् ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

ओली नेतृत्वमा सरकार बनेयता झापामा मात्र ठूलो बजेट परिचालन गरिएको भन्दै उनको आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया