शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ५३ संक्रमित, ५१ जना निको

नेपालखोज २०७९ कार्तिक ३ गते १६:००

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ५३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

७९८ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा र ७७३ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ७२७ पुगेको छ ।

प्रतिक्रिया