बिहीबार, वैशाख १३, २०८१

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल

नेपालखोज २०७७ फागुन १६ गते १०:२०

काठमाडौं, १६ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ब्वाइज र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ब्वाइज ७ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

नयाँबस्ती ११ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र झम्सिखेलबीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ ।

खुमलटार सहज जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अङ्क बराबरी गर्न चाहन्छ । खुमलटार ७ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको सातदोबाटोको १९ अङ्क रहेको छ । झम्सिखेल ६ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया