आइतबार, जेठ ६, २०८१

शेरबहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित

नेपालखोज २०७८ मंसिर २९ गते २:४१

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मंगलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा. कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए ।

सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच मंगलबार पुनः मतदान भएको हो ।

प्रतिक्रिया