पिँडुला देखाएको भरमा सांसद् बनेको नेता पन्तको अभिव्यक्तिप्रति वलीको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिँडुला देखाएको भरमा सांसद् बनाएको नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे राष्ट्रियसभा सदस्य कोमल वलीले गम्भीर आपत्ति जनाएकी छन् ।
पिँडुला देखाएको भरमा प्रधानमन्त्री ओलीले सांसद् बनाएको नेकपा नेता पन्तको अभिव्यक्तिले आमा दिदीबहिनी सबैलाई अपमान गरेको वलीले बताएकी हुन् ।
एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।
भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको बताएका छन् ।
‘पोइल जान पाम भनेपछि सांसद् त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ ।

‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ,’ वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छन्–‘विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

प्रतिक्रिया