अवहेलना मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रचण्ड
नेपालखोज
२०७७ फागुन १६ गते ११:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।
आफूमाथि परेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड आइतबार बिहान ११ बजे सर्वोच्च पुगेका हुन्।
अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका टिप्पणीहरुलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा परेको थियो । गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सोही आदेशअनुसार आज जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया