शनिबार, वैशाख ८, २०८१

नेप्सेद्वारा साँग्रिला डेभलपमेन्ट बैंकलाई कारबाही

नेपालखोज २०७७ फागुन १६ गते १५:२७


लाभांसको निर्णय चुहाएको भन्दै दोस्रो बजार कारोवार रोक्का


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले साँग्रिला डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । नेप्सेका अनुसार लाभांस घोषणा सम्वन्धी निर्णय चुुहाएको भन्दै उक्त बैंकलाई तत्कालको दोस्रो बजार कारोबार रोक्का हुुने गरी कारबाही गरिएको हो ।


नेप्सेले आज आर्ईतबार उक्त बैंकको नाउँमा लेखेको कारवाही सम्वन्धी पत्रमा भनिएको छ, बैकले आज फागुुन १६ गते कै पत्र मार्फत गत आर्थिक बर्षको मुुनाफाबाट साविकका सेयरधनीहरुलाई पाँच प्रतिसत बोनस र कर प्रयोजनको लागि शुन्य दसमलव २६ प्रतिसत नगद लाभांस बितरण निर्णय बैकको आज आईतबार बिहान १०ः३० बजे बसेको सञ्चालक समितीको बैठकले गरेको थियो । उक्त निर्णय बैंकले आज अपरान्ह १२ः३४ बजे कारोवार चलिरहे कै अवस्थामा ईमेल मार्फत नेप्सेलाई पठाएको थियो । धितोपत्र सुचीकरण बिनियमावली २०७५ अनुसार धितोपत्रको मुल्यमा प्रभाव पार्ने सुचना, जानकारी तथा निर्णय भएको सोही दिन वा भोलिपल्ट कारोवार खुल्नुुअघि त्यस्तो सुचना नेप्सेलाई पठाउनुु पर्छ ।


तर बैंकले उक्त नियमावलीमा भएको व्यवस्था पालना नगरेकाकारण उक्त बैंकको दोस्रो बजार कारोवार रोक्का गरिएको र यो पत्र प्राप्त भएको मितीले तीन दिन भित्र जवाफ दिन नेप्सेले बैंकलाई पत्र मार्फत निर्देशन दिएको छ ।

प्रतिक्रिया