शुक्रबार, चैत १६, २०८०

चिरिबाबु महर्जनले ल्याए २२ हजार मत, अग्रता कायमै

नेपालखोज २०७९ जेठ ६ गते १९:३२

ललितपुर । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले २२,८२० मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले १३,१२४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले १२,९०४ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार बाबुराज बज्राचार्यले ९,१७७ मत ल्याएका छन् ।

प्रतिक्रिया