शुक्रबार, वैशाख १४, २०८१

प्रज्वलले साइबर ब्यूरोकै नक्कली आइडी बनाएपछि…

नेपालखोज २०७७ फागुन १६ गते १५:५०


काठमाडौं । साइबर ब्यूरोको नक्कली फेसबुक बनाएर अपराध गर्ने एक जनालाई कपिलवस्तुबाट साइबर ब्यूरोले पक्रिएको छ ।

सामाजिक सञ्जालमा बढ्दै गएको अपराधलाई नियन्त्रण गर्न गत बैशाखदेखि साइबर ब्यूरो स्थापना भएको थियो । सोही संस्थाको लोगो प्रयोग गरेर नक्कली फेसबुक बनाएर आपराधिक लाभ लिएको आरोपमा कपिलबस्तुका एक जनालाई ब्यूरोले नियन्त्रणमा लिएको हो । उनी वाणगंगा नगरपालिका –२ का १८ बर्षीया प्रज्वल पोखरेल हुन् । ब्यूरोले जनाए अनुसार आरोपी प्रज्वललाई फागुन १३ गते पक्राउ गरिएको हो ।

ब्यूरोको नक्कली फेसबुकबाट प्रज्वलले सर्वसाधारणसँग कुराकानी गरी उनले प्रहरीको बदनाम गरेको आरोप प्रहरीले लगाएको छ ।

प्रज्वलमाथि अन्य कुराको पनि अनुसन्धान गरी विद्युतीय कारोबारको तहमा कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया