बिहीबार, वैशाख १३, २०८१

विप्लव समूहको समस्या छिट्टै वार्ताद्वारा समाधान हुन्छ : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन १६ गते १६:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेत्र विक्रमचन्द ‘विप्लव’सँग सहमति हुने बताएका छन् ।

आइतबार आफ्नो गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् ।

पार्क शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले भने ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्या छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’

उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका हुन् ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । नेकपा दुई समूहमा विभाजन भएसँगै ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विप्लवसँग सम्वाद अघि बढाएका छन् ।

प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए । तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँदै विप्लव समूहसँगको सम्वाद प्रयास रोकिएको थियो ।

प्रतिक्रिया