कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए ८१ संक्रमित, २ जनाको मृत्यु
नेपालखोज
२०७७ फागुन १६ गते १६:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतवार थप ८१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ३ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल मुलुकभर ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।
आइतवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया