शनिबार, वैशाख ८, २०८१

विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ

नेपालखोज २०७७ फागुन १७ गते १०:५७

महोत्तरी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।

आइतबार राति विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले महोत्तरी–सर्लाही इञ्चार्ज कमलबहादुर सुसलिङ्गलाई पक्राउ गरेको हो ।

महोत्तरी प्रहरीले सुसलिङ्गलाई गौशाला नगरपालिका–११ बाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सूचिमा राखेका सुसलिङ्गलाई आइतबार साँझ पक्राउ गरेको हो । महोत्तरीका प्रहरी नायब उपरीक्षक विष्टले सुसलिङ्ग पक्राउ परेको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया