शनिबार, वैशाख १५, २०८१

सिंहदरबारमा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक जारी

नेपालखोज २०७७ फागुन १७ गते ११:१२

काठमाडौं । नेपल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान बैठक सुरु भएको हो ।

प्रतिनिधिसभा बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रचण्ड–नेपाल समूहका सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सर्वोच्च अदालतले यहि फागुन ११ गते संसद् पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ ।

त्यसो त नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन् ।

बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया