शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

नेपालखोज २०७७ फागुन १७ गते १२:२३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार सोमबार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव जगन्नाथ पन्तले प्रधानमन्त्री कार्यालयबाट संसद् अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेको जानकारी दिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।

संसद् अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ ।

प्रतिक्रिया