सोमबार, जेठ ७, २०८१

क्रिसमसका बेला हुने यात्राले नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी

नेपालखोज २०७८ पुष ५ गते ८:१०

काठमाडाैं । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी संक्रामक रोगविज्ञले बताएका छन् ।

‘यसमा कुनै शंका छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ’, डा. एन्थोनी फाउचीले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा भनेका छन् ।

महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरियन्ट हाल ‘विश्वभर फैलिरहेको’ बताए । कोरोना भाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौं राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन् । बीबीसी

प्रतिक्रिया