ममाथि शारीरिक हमला भयो : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ फागुन १७ गते १५:११

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।

आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन कार्यकर्ताहरुलाई अपिल गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’ साथै ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया