शुक्रबार, वैशाख १२, २०८२

बाहिर दुुई वटा शाखा खोलेका लघुबित्तले उपत्यकामा पनि शाखा खोल्न पाउने

नेपालखोज २०७७ फागुन १७ गते १५:३०

काठमाडौं । लघुुबित्त बित्तीय संस्थाहरुले काठमाडौ उपत्यकामा पनि शाखाहरु खोल्न पाउने भएका छन । नेपाल राष्ट्र बैंकले ‘घ’ बर्गका लघुुबित्त बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे काठमाडौ उपत्यका बाहिर (महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा) २०७७ पुुस मसान्तपछि दुई वटा शाखा खोली सञ्चालनमा ल्याएपश्चात काठमाडौ उपत्यकामा लघुुबित्त संंस्थाहरुको शाखा नभएको स्थानीय तहका वडाहरुमा एक शाखा खोल्न स्वीकृती प्रदान गर्ने भएपछि लघुुबित्तहरुले यस्तो सुविधा पाएका हुुन ।

यसको लागि उपत्यका बाहिर खोलिने दुुई शाखा मध्ये कम्तीमा एउटा शाखा गाउँपालिकामा खोलिनुु हुुनु पर्ने परिपत्रमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्यनमा ल्याउनको लागि निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया