बुधबार, वैशाख १२, २०८१

सिटिजन्स बैंक र सुप्रिम क्याफेबिच सहकार्यकालागि सम्झौता

नेपालखोज २०७७ फागुन १७ गते १८:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.ली.न्यूरोड बीच सहकार्यकलागि सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिने उद्देश्यले सम्झौता गरीएको हो ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट, प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.ली.मा सेवालिदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैकले हाल देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्m्ना ग्राहहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

हाल बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया