निजी क्षेत्रलाई प्रोत्साहन गर्ने अर्थ मन्त्रालयको तयारी

नेपालखोज २०७९ भदौ २४ गते १३:११

काठमाडौ‌ । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंकलाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बारे छलफल गरेका छन् ।

एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्रीशर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए ।

उनले भने, ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। उनले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हाँसिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया , हाइड्रोजन जस्ता बैकल्पिक उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरे ।

उनले नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगायतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरे । कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यवाद दिएका थिए ।

एसियाली बिकास बैंकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए । अर्थ मन्त्री शर्माले दिएको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।

प्रतिक्रिया