बाबुराम भट्टराई आज स्वदेश फर्किदै
नेपालखोज
२०७७ फागुन १८ गते १०:२३

काठमाडौं । भारतको नयाँदिल्लीमा रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई मंगलबार स्वदेश फर्किदै छन् ।
फागुन ९ गते स्वास्थ्य परीक्षण तथा उपचारका लागि भारत गएका डा. भट्टराईको न्यूरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएसँगै उनी स्वदेश फर्कन लागेका हुन् ।
सोमबार चिकित्सकहरूले भट्टराईको न्यूरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका थिए । तर, उक्त ट्युमरको दुई–तीन महिनाभित्र शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया