सिटिजन्स बैंकका डेपुटी सीइओ देवकोटाले दिए राजीनामा
नेपालखोज
२०७७ फागुन १८ गते १०:३३

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । उनले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको बताइएको छ । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध रहेका उनी २०७६ साल बैशाख १ गतेदेखि डेपुटी सीइओका रुपमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
देवकोटासँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक अघि उनले नेपाल बैंकमा काम गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया