शुक्रबार, वैशाख ७, २०८१

सुनचाँदीको मूल्यमा भारी गिरावट

नेपालखोज २०७७ फागुन १८ गते ११:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सोमबार ८८ हजार ७ सयमा कारोबार भएको सुनको मूल्यमा आज एक हजार ७ सयले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार ५ सय ५० कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ । सोमबार एक हजार तीन सय ३० मा कारोबार भएको चाँदीको मूल्यमा आज ४० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया