शनिबार, वैशाख २२, २०८१

नेप्सेमा झिनो अंकले सुधार

नेपालखोज २०८० मंसिर २० गते १५:२६

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन १० दशमलव १० अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने तीन दशमलव ३३ अंकले बढेर १८ सय ४१ दशमलव चार अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५० दशमलव ७० अंकमा झरेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको ३४ हजार नौं सय ७१ पटकको कारोबारमा ३७ लाख ५५ हजार एक सय २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ रुपैंयाँ पुगेको छ ।

नेपाल नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा आठ वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य तीन अंकले घटेर ११ सय ३३ दशमलव ४७ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि तीन दशमलव ४० अंकले घटेर १६ सय १५ दशमलव ६६ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि एक दशमलव ४९ अंकले घटेर १९ सय ४२ दशमलव १५ अंकमा झरेकोमा होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुुचक पनि क्रमशः १९ दशमलव ८८ र ३३ दशमलव २५ अंकले घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने तीन दशमलव २१ अंकले बढेर तीन हजार छ सय एक दशमलव १५ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय २५ दशमलव ३० अंकले बढेर १० हजार चार सय २४ दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेमा आज ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ५८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव १३ प्रतिशतले घटेर दुई सय ४९ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता चार सय ८८ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा सात करोड ३४ लाख ४९ हजार १७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज कारोबार भएका मध्ये कारोबार रकमका आधारमा सबैभन्दा उच्च हो ।

प्रतिक्रिया