बिहीबार, असार ५, २०८२

अस्ट्रेलियन म्युजिक इन्डस्ट्रीका आइकन माइकल गुडिन्सकीको निधन

नेपालखोज २०७७ फागुन १८ गते ११:५९

काठमाडौं । अस्ट्रेलियन म्युजिक इन्डस्ट्रीका आइकन माइकल गुडिन्सकीको ६८ वर्षको उमेरमा निधन भएको छ।

मसरुम रेकर्डका मालिक र भेटरन टुर प्रोमोटर माइकलको मृत्यु हृदयघातका कारण भएको बीबीसीले उल्लेख गरेको छ।

माइकलले स्थानीय प्रतिभा खोजेर उनीहरुलाई म्युजिक इनडस्ट्रीमा स्टार बनाउने काम गरेका थिए। उनले आफ्नो टुर कम्पनीमार्फत अस्ट्रेलयामा विभिन्न ‘एक्ट’ हरु भित्राएका थिए। स्थानीय संगीतको संरक्षण गर्न उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए।

उनको मृत्युपछि जिम्मी बारनेसले ट्वीट गर्दै ‘अस्ट्रेलियन म्यूजिकको हार्ट’ को निधनले दु:खी भएको उल्लेख गरेका छन्। माइकलले कोरोनाको समयमा पनि संगीत क्षेत्रलाई चलायमान बनाउने प्रयास गरेका थिए।

प्रतिक्रिया