मंगलबार, जेठ ८, २०८१

प्रवीण बाँस्तोला मृत्यु प्रकरण : थप एक जना पक्राउ

नेपालखोज २०७७ फागुन १८ गते १२:४८

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई धरानबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

गत पुस ५ गते उर्लाबारी–५ का प्रवीणको शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । प्रवीणको हत्या आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो । त्यसमध्ये सुदीप परियार पक्राउ परेका हुन् ।

यसअघि पक्राउ परेका मोरङका रतुवामाई– १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई गत बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

साथै उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्न आदेश भएको थियो ।

प्रतिक्रिया