शुक्रबार, वैशाख १४, २०८१

आवश्यकताका आधारमा निर्वाचन आयोगमा प्रमाण पेश गर्छौ : अध्यक्ष नेपाल

नेपालखोज २०७७ फागुन १८ गते १५:३१

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । नेपाल प्रेस सङ्गठन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखेका थिए । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।

प्रतिक्रिया