शुक्रबार, वैशाख १४, २०८१

अतिरिक्त शुल्क लिने मेडिकल कलेजमाथि सम्पत्ति शुद्धिकरणले छापा मा¥यो

नेपालखोज २०७६ मंसिर १ गते १७:४५

१ मंसिर, काठमाडौं । शुल्क विवादमा रहेका मेडिकल कलेजहरु माथि सरकारले निगरानी बढाईरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा अजा मारेको छ ।

आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा अनुसन्धान विभागले छापा मारेको हो । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविनका लागि छापा मारेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ।

प्रतिक्रिया