बिहीबार, चैत १५, २०८०

इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जनासम्मलाई लाइभ जान दिने

नेपालखोज २०७७ फागुन १८ गते १६:३९

एजेन्सी । अब इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जनासम्मलाई लाइभ जान दिने भएको छ । यो एक प्रकारको लाइभ रुमको फिचर हो ।

यस फिचरले अन्तर्वार्ता, गीत सेसन या ग्रुप ट्युटोरियल गर्न सहज हुने इन्स्टाग्रामले बताएको छ । यो फिचर मार्च १ देखि रोल आउट हुन सुरु भएको छ भने यो हप्ताभित्र सबै प्रयोगकर्ताले पाउने पनि बताइएको छ।

लकडाउनबाट लाइभ स्ट्रीमको प्रयोग एकदमै बढेको छ । इन्स्टाग्राममा चार घण्टासम्म लाइभ स्ट्रीम गर्न सकिन्छ । यसमा एक दिन पछि लाइभ स्ट्रीम हेर्न लाइभ स्ट्रीमलाई आइजी टिभीमा पनि राख्न सकिन्छ ।

लाइभ स्ट्रीम मार्फत दर्शकहरुले स्ट्रीमरहरुलाई आर्थिक सहयोग पनि गर्न सक्नेछन् र प्रोडक्टहरु पनि किन्न सक्नेछन् । यसमा लाइभ रुमको होस्टले कमेन्ट ब्लक या रिपोर्ट गर्न पनि सक्नेछन् ।

प्रतिक्रिया