शुक्रबार, वैशाख ३, २०७८

प्रतिनिधिसभा बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नेबारे सभामुखले भोलीदेखि नेताहरुसँग परामर्श गर्ने

नेपालखोज २०७७ फागुन १८ गते १६:४९

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्ने बारे भोलीदेखि राजनीतिक दलका नेताहरुसंग परामर्श गर्ने भएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँबानेश्वरस्थित संसद बैठक कक्षको अवलोकन पछि संञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलीदेखि नै दलका नेताहरुसंग छलफल सुरु गर्ने बताए ।

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

सत्तारुढदल भित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भईरहेका बेला सभामुख सापकोटाले बैठकका एजेण्डाबारे दलहरुसंग छलफल गर्ने बताएका हुन् । उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए ।

प्रतिक्रिया