शुक्रबार, चैत १६, २०८०

झापाबाट वैदेशिक रोजगारीका लागि जाने महिला धेरै

नेपालखोज २०७७ फागुन १३ गते १८:४१

काठमाडौं । गएको महिनामा धनुषाबाट सबैभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार माघमा धनुषाका ६ महिलासहित ११ सय ४७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।

यस्तै झापाबाट १६२ महिलासहित ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् ।

माघमा नेपालका ७४ जिल्लाबाट १७ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। यीमध्ये १४ सय ५१ जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै यही समयमा नेपालबाट वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरैले यूएई रोजेका छन् । यूएईको लागि ६ सय ५९ महिलासहित पाँचहजार २ सय ८ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै १० महिलासहित ४ हजार ९ सय ७८ जनाले साउदीको लागि र १०२ महिलासहित ४ हजार ९ सय ६६ जनाले कतार जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया