शुक्रबार, वैशाख ७, २०८१

झरना साहित्यिक परिवारलाई एक लाख राशिको पुरस्कार

नेपालखोज २०७७ फागुन १९ गते ९:२७

काठमाडौं । मकवानपुरस्थित झरना साहित्यिक परिवारलाई रु एक लाख राशिको पुरस्कार हेटौँडामा मङ्गलबार आयोजित एक समारोहका बीच समर्पण गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई रु एक लाखको पुरस्कार हेटौँडामै आएर एक कार्यक्रमबीच समपर्ण गरेको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दीपक गौतमलगायतलाई हस्तान्तरण गरे।

सो अवसरमा मुख्यमन्त्री पौडेलले साहित्यप्रति आफ्नो अत्यन्तै रुचि रहेको बताए । साहित्यिक कार्यक्रममा बोल्नभन्दा पनि सुन्नका लागि महत्वपूर्ण हुने उनले बताए। सम्मानित हुने संस्थालाई बधाई दिँदै उनले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडि बढाउँदै लैजानुपर्ने बताए । हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ हरिदेवी कोइराला, अग्रज साहित्यकारलगायतले आफ्ना धारणा राराखेका थिए ।

प्रतिक्रिया