बिहीबार, चैत १५, २०८०

रहेनन् रेग्गी लेजेन्ड बन्नी वेलर

नेपालखोज २०७७ फागुन १९ गते १०:०५


एजेन्सी । रेग्गी लेजेन्ड बन्नी वेलर जमैकन संगीतको चीरपरिचित नाम हो । बेलरको संगीत यात्रा बब मार्लीसँगै सुरु भएको थियो । गायन क्षेत्रमा धेरै वर्ष काम गरेका गायक वेलरको ७३ वर्षमा निधन भएको छ । बब मार्ली र पिटर टससँगै उनले द वेलर्स ब्यान्डमा सँगै काम गरेका थिए। सन् १९७४ देखि भने उनले एक्लै गायन क्षेत्रमा अघि बढेका थिए।

३ वटा ग्रामी अवार्ड जितेका वेलरको वास्तविक नाम नेभिल्ली ओरिली लिभिङस्टन हो। जमैका सरकारले अर्डर अफ मरिट उपाधिबाट समेत सम्मानित गरेको थियो।

सन् २०२० को जुलाईदेखि नै उनी अस्पतालमा भर्ना भएका थिए। उनको मृत्युको कारण बारे भने अहिले केही सार्वजनिक गरिएको छैन।

वेलरको मृत्युको खबर सार्वजनिक भएसँगै विश्वभरबाट संगीत प्रेमीहरुले सम्वेदना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया