बोरुसिया डर्टमण्ड क्लब जर्मन कप फुटबलको सेमिफाइनलमा
नेपालखोज
२०७७ फागुन १९ गते ११:२९

काठमाडौं । बोरुसिया डर्टमण्ड क्लब जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा बोरुसियाले मन्छेनग्लाडबाखलाई १–० गोल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। संघर्षपूर्ण जित निकालेको डर्टमण्ड जर्मन कप फुटबलको अन्तिम चारमा पुग्न सफल भएको हो ।
डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा गोल गरेको हो ।
सान्चोले खेलको ६६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गरे पनि उनको गोलले मान्यता पाएन ।
सम्बन्धित

प्रतिक्रिया