शुक्रबार, चैत १६, २०८०

दाइजोविरुद्ध कलियुगकी सीताको दमदार व्यङ्ग्य

नेपालखोज २०७९ साउन २६ गते १३:३९

काठमाडौं । हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’की कलाकर सीता न्यौपानेको प्रस्तुति दमादार साबित भएको छ । उक्त प्रस्तुतिमा उनले विशेषतः तराई भेकमा विद्यमान दाइजो प्रथाविरुद्ध पेचिलो व्यङ्ग्य गरेकी छन् । उनी मधेसी समुदायकी युवतीको पात्रमा देखिएकी छन् । उनले आफूलाई जनकपुरको कलियुगकी सीताको परिचय दिएकी छन् ।

सती प्रथाभन्दा दाइजो प्रथाले महिलाहरुलाई बढी संकट पारेको उनको प्रस्तुतिले बोलेको छ । ‘पहिलाको सती प्रथाले महिला एकपटक जल्थे, अहिले दाइजो प्रथाले दिनदिन जल्नुपर्छ,’ उनको यो डाइलग सामाजिक सन्जालमा भाइरल छ । उनले दाइजोलाई चोरी-डकैतीको संज्ञा दिएकी छन् । उनको प्रस्तुतिमा दाइजोको नाममा समाजकै अगाडि खुलेआम लुटपाट गर्दा पनि प्रहरी प्रशासन चुप बस्ने गरेको लगायतको व्यङ्ग्य देख्न सकिन्छ ।

उच्च शिक्षा हासिल गरेका व्यक्तिले नै ठूलो धनराशिको दाइजो माग्ने समस्या यसमा समेटिएको छ । कार्यक्रममा दामदार व्यङ्ग्यसहित उनले जीवन्त अभिनय दिएकी छिन् ।

विभिन्न किचललोका कारण निर्देशक केदार घिमिरे (माग्ने बुढा) कार्यक्रमबाट बाहिरिएका छन् । उनको अनुपस्थितिमा छायाकङ्न भएको यो पहिलो भाग हो । कमेडी हबको यो ११औं अंकले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिक्रिया