नख्खुदोबाटोमा गाडीको ठक्करबाट किशोरीको मृत्यु

नेपालखोज २०७७ फागुन १९ गते ११:३७

ललितपुर । ललितपुरको नख्खुदोबाटोमा बुधबार गाडीको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

बुधबार बिहान ५ बजेर ३३० मिनेटमा बाटो काट्ने क्रममा फोर्स गाडीले ठक्कर दिँदा सिन्धुपाल्चोको त्रिपुरा सुन्दरी गाउँपालिका घर भई हाल बाडोलमा बस्दै आएकी १९ वर्षीया किशोरी अन्जु दाहालको मृत्यु भएको हो ।

कलेज जाने क्रममा बिहान गाडीले ठक्कर दिएपछि घाइते भएकी दाहालको उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहान सवा ६ बजेतिर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।

ठक्कर दिने स १ ज ५६७ नम्बरको गाडी र चालक ३४ वर्षे प्रविण गिरीलाई नियन्त्रणमा लिइएको उनले बताए ।

अन्जुको शव अहिले पाटन अस्पतालमा छ ।

प्रतिक्रिया