शुक्रबार, चैत १६, २०८०

स्नातकोत्तर गर्न अमेरिकी हावर्ड विश्वविद्यालय जाँदै खतिवडा

नेपालखोज २०७७ फागुन १९ गते १२:५१


काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडा स्नातकोत्तर गर्नको लागि अमेरिकी हावर्ड विश्वविद्यालय जाने भएकी छिन् ।

शृंखलाले नेपालबाट आर्किटेक्चरमा स्नातक गरेकी छिन् । हाल उनी सहरी विकासमा स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालय जान लागेको परिवार स्रोतले बताएको छ ।

शृंखलाले सामाजिक सञ्जालमार्फत् आफू हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाउनु हालसम्मकै खुशीको कुरा भन्दै आफ्ना प्रशंसकसँग खुशी साटेकी छिन् ।

उनको सो पोष्टमा पूर्व मिस नेपाल निकिता चण्डक लगायतले बधाई दिएका छन् ।


उनले पढाईपछि नेपाल फर्कर देशको सेवा गर्ने बताएकी छिन् ।

प्रतिक्रिया