बुधबार, वैशाख १२, २०८१

सुनचाँदीको मूल्य उकालो लाग्यो

नेपालखोज २०७७ चैत २० गते १२:०५

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । बिहीबार ८६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा शुक्रवार ९ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ९० रुपैयाँ कायम रहेको छ ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया